प्रभु हेलिकोप्टरले साढे ६ करोड रुपैयाँ आइपीओ जारी गर्ने



काठमाडौं । प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ ।

प्रभुले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ । प्रभु हेलिकप्टरका अनुसार ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने भएको छ।

बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ।


क्लिकमान्डु