पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी



एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ ।

पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही महिनायता कम्पनीका विभिन्न विभागमा रहेका कर्मचारीलाई जागिरबाट निकालिएको हो ।

भारतीय सञ्चारमाध्यम इकोनोमिक्स टाइम्सका अनुसार कम्पनीले कस्ट कटिङ गर्न कर्मचारीलाई जागिरबाट निकालेको हो । कर्मचारीलाई निकालेसँगै कम्पनीका कुल कर्मचारीको संख्यामा १० प्रतिशतले कमी हुने बताइएको छ ।

पेटिएमले कर्मचारीलाई निकालेको घटना भारतीय बजारमा नै न्यु एज टेक फर्ममा सबैभन्दा ठूलो कर्मचारी कटौतीको घटना हो । यो वर्ष थुप्रे भारतीय स्टार्टअपहरु प्रभावित भइरहँदा पेटिएमले भने सबैभन्दा धेरै संख्यामा कर्मचारीहरुलाई जागिरबाट निकालेको हो ।

कम्पनीले कुल कर्मचारीमध्येमा चालु आर्थिक वर्षमा नै १० देखि १५ प्रतिशत कर्मचारीलाई निकालेर खर्च कटौती गर्ने तयारीमा रहेको कम्पनीले बताएको छ ।


क्लिकमान्डु