पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने



काठमाडौ । पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ । सभामा सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा/ नोक्सानमा छलफल हुनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।


क्लिकमान्डु