थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ्ग अब वायुसेवा निगमले गर्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्यान्डलिङ्ग गर्दै आएको थाई एयरवेजले अब सेल्फ ह्यान्डलिङ्ग नगर्ने भएको छ । थाइले अब वायुसेवा निगममार्फत उक्त सेवा लिने भएको छ ।

थाइले ह्यान्डलिङ्ग अब नेपाल वायुसेवा निगममार्फत लिने गरी निगमसँग सम्झौता गरेको छ । थाईले निगमबाटै यो सेवा लिन चाहेकोले २९ अक्टोबर, २०२३ मा निगमसँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि अब थाईले आफूसँग रहेको ८० थान ह्यान्डलिङ्गका सामान निगमलाई प्रदान गरेको छ ।

थाईको उक्त निर्णलाई सरकारले स्वीकृति दिएकाले मंसिर ३० देखि नै थाइका उक्त सामान निगम मातहत आएको छ ।

निगमसँग थाइले गरेको उक्त सम्झौताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब निगमले एयर इन्डियउयाबाहेक सबै विदेशी वायुसेवाको ह्यान्डलिङ्ग गर्ने भएको निगमका प्रवक्ता रमेश पौडेलले आइतबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।


कश्यप न्यौपाने