अदालतको आदेशपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला काममा फर्किए



काठमाडौं । पदीय जिम्मेवारी बहन गर्न नसकेको आरोपमा निलम्बनमा परेका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौला आइतबारबाट काममा फर्किएका छन् ।

सर्वोच्च अदालतले निर्देशक बसौलाको पक्षमा फैसला गर्दै निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी काममा फर्किएका हुन् ।

गत असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डा.बसौलालाई १६ बुँदे स्पष्टीकरणसहित निलम्बन गरेको पत्र थमाएका थिए । निलम्बनबिरुद्ध सर्बोच्च पुगेका बसौलालाई अदालतले काममा फर्किने बाटो खुलाएको हो ।


क्लिकमान्डु