सेयर बजार राताम्मे, कारोबार रकमले छोडेन साथ



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुमा केही सुधार देखिएको भएपनि अन्तिम समयमा बजार राताम्मे भएको छ ।

बजारमा भारी गिरावट आएको भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा रोकिएको छ ।

३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १९, विकास बैंक ५६.२६, वित्त ३०, उत्पादन तथा प्रशोधन १६९.३८, माइक्रोफाइनान्स ५२.३८, ट्रेडिङ समूहको उपसूचक ९५.९३ अंकले घटेको छ ।

यस्तै जलविद्युत २.१०, जीवन बीमा ६०.१७, निर्जीबन बीमा ६३.११ र अन्य समूहको उपसूचक १५.३२ अंकले बढेको छ । बजार राताम्मे हुँदा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु