कालिका पावर कम्पनीको लाभांश घोषणा



काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज हुनेछ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु