सुपर मादी हाईड्रोपावरले २ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त नगद लाभांशका लागि ४ करोड २० लाख छुट्याएको छ । यस्तै कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।

कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । १३ औं र १४ औं बार्षिक साधारणसभा संयुक्त रुपमा गर्न लागेको कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु