नेफ्स्कून पत्रकारिता पुरस्कारबाट क्लिकमान्डुकर्मी सम्मानित



काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रदान गर्ने ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ बाट क्लिकमाण्डू डटकमका वरिष्ठ संवाददाता सोभित थपलिया पुरस्कृत भएका छन् ।

नेफ्स्कुनको ३२औं वार्षिक साधारण सभाको अवसरमा शनिबार उक्त पुरस्कार क्लिकमाण्डूकर्मी थपलियालाई प्रदान गरिएको हो ।

उक्त पुरस्कार राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले प्रदान गरेका हुन् । पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा योगदान पुर्याएको भन्दै नेफ्स्कूनले यो पुरस्कार दिएको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु