नबिल बैंकका ग्राहकले उपाय बिजनेशबाट सेवा लिन सक्ने



काठमाडौं । नविल बैंक र उपाय बिजनेस सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ ।

यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुसन्सको सेवा लिन सक्ने बैंकले जनाएको छ । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने जनाएको छ ।

नविल बैंकका एसएमई,एमएम र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै नबिलका एसएमई प्रमुख श्रेष्ठले भने, ‘नविल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ।’

उपाय बिजनेश सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, ‘नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ ।’


क्लिकमान्डु