चार महिनापछि सेयर बजारले पार गर्‍यो २१ सय बिन्दु, ११ दिनमा २६९ अंकको वृद्धि




काठमाडौं । सेयर बजारले चार महिनापछि २१ बिन्दु पार गरेको छ । साउन १५ यता घटिरहेको बजारले मंगलबार चार महिना अघिको बिन्दुमा पुगेको छ ।

साउन १५ गते बजार २१०६ बिन्दुमा रहेको थियो । करिब चार महिनापछि मंगलबा बजार ४५.९८ अंकले बढेर परिसूचक २१०६.४८ बिन्दुमा रोकिएको छ । पछिल्लो ११ दिनमा बजार २६९ अंकले बढेको छ । नेप्सेका अनुसार मंसिर १९ गते बजार १८३७.७१ बिन्दुमा रहेको थियो । यो अवधिमा २६९ अंकले बढेर २१०६.४८ बिन्दुमा पुगेको छ ।

पछिल्लो समय घट्दो बैंक ब्याजदर र बैंकहरुले सेयर लगानीकर्तालाई बोलाएर नै सेयर धितोकर्जा दिन थालेपछि बजारमा उछाल आउन थालेको लगानीकर्ताको दाबी छ । अहिले बैंकहरुले नै लगानीकर्तालाई बोलाएर सेयर धितोमा कर्जा दिन थालेका छन् । जसले गर्दा बजारसँगै कारोबार रकम समेत बढ्न थालेको छ ।

आज ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसुचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको २९.८९, विकास बैंक ५७.४७, वित्त ७.२८, होटल ३९५.१८, जलविद्युत १८.९७, जीवन बीमा ३५०.५५, उत्पादन तथा प्रशोधन २५३.६६, माइक्रोफाइनान्स ५८.७२, निर्जीबन बीमा समूहको उपसूचक २२८.०६ अंकले बढेको छ । कारोबारमा १० कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु