कति दिने भयो शिवम् सिमेन्टले लाभांश ?



काठमाडौं । शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।

मंगलबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २७ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज हुने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउने छन् भने सभामा सहभागी हुन पाउनेछन् ।


क्लिकमान्डु