सेयरधनीको हात खाली बनाएको बरुण हाईड्रोपावर मर्जरमा जाने तयारीमा



काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी मर्जरमा जाने तयारीमा जुटेको छ ।

पुस २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको कम्पनीले मर्जर तथा प्राप्तिलाई विशेष प्रस्तावको रुपमा तयार पारेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव लैजाने भएको छ ।

यस्तै सभामा लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु