सेयर बजारबाट ५ महिनामा उठ्यो १ अर्ब १५ करोड पुँजीगत लाभकर, कुन महिना कति ?
काठमाडौं । सेयर बजारबाट चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १५ करोड १९ हजार ८०४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।
सरकारलाई ५ महिनाको अवधिमा कर्पोटेर लगानीकर्ता र स्टक डिलरले १७ करोड ८५ लाख ३ हजार ६१२ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर ५ महिनामा राज्यलाई ९७ करोड १५ लाख १६ हजार १९२ रुपैयाँ लाभकर तिरेका छन् ।
सीडीएससीका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा बढी पुँजीगत लाभकर साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ उठेको थियो । यस्तै सबैभन्दा कम कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । कात्तिकमा दसैंतिहारलगायत चाडपर्वका कारण केही दिनमात्रै कारोबार हुँदा पुँजीगत लाभकर पनि कम उठेको छ ।
साउनपछि धेरै लाभकर मंसिरमा उठेको छ । मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यस्तै असोजमा २१ करोड ९५ लाख ७९ हजार ४२६ रुपैयाँ र भदौमा १४ करोड ६ लाख ९ हजार २४३ रुपैयाँ सरकारले कर पाएको छ ।
साउनमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ४१ लाख ३५ हजार ३८४ रुपैयाँ र स्टक डिलरले ४ लाख ५८ हजार ६७७ रुपैयाँ लाभकर तिरेका छन् ।
यस्तै भदौमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६५ लाख ६ हजार ७४२ रुपैयाँ र स्टक डिलरले १ लाख ९४ हजार १५९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
असोजमा दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ४२ हजार ५१३ रुपैयाँ र स्टक डिलरले ४२ हजार ९४६ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
कात्तिकमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९३ हजार ८५० रुपैयाँ र स्टक डिलरले २६७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
यस्तै मंसिरमा दीर्घकालीन लगानीकर्ताले ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १२ लाख ८ हजार ३ रुपैयाँ र स्टक डिलरले २ लाख २१ हजार ६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
हाल दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।