हिमालयन रिको आईपीओमा ३ करोड २२ लाख कित्ता माग गर्दै साढे १६ लाखले दिए आवेदन



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा १६ लाख ६० हजार आवेदकले ३ करोड २२ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

सोमबार साँझ ५ बजेसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको थियो । आवेदन दिने समय आइतबार भएपनि माग अनुसार आवेदन नपर्ने देखेपछि कम्पनीले आवेदन दिने समय थपेको थियो ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु