सेयर बजारमा हरियाली, कारोबार रकमले थप्यो उत्साह



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बजारमा उछाल आउँदा कारोबार रकम समेत बढेको छ । बजार मापन गर्ने सूचक ३८.१४ अंकले बढेर परिसूचक २०६०.४९ बिन्दुमा रोकिएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

पछिल्लो समय बजारमा कारोबार रकम बढ्दा लगानीकर्तामा उत्साह थपिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २४.४५, विकास बैंक ७३.१३, वित्त ४६.८१, होटल १९७.५०, जीवन बीमा १०५.७८, उत्पादन तथा प्रशोधन १४६.४९, माइक्रोफाइनान्स १९७.०२, निर्जीबन बीमा १३.५३, अनय समूहको उपसूचक २५.५३ अंकले बढेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक ७.८३ अंकले घटेको छ ।

कारोबारमा १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको घटेको छ । कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स आयल र सोल्टी होटल रहेका छन्।


क्लिकमान्डु