नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल ल्युब आयलले लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २५ प्रतिशत र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २५ गते सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १० देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएका छ ।

पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु