प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । हकप्रद जारी गर्न बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि निष्कासन हुने छ ।


क्लिकमान्डु