दोहोरो अंकको सुधार आउँदा सेयर बजार इन्डेक्स २ हजार माथि, जलविद्युतमा उछाल



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । बजारमा २७.७५ अंकको सुधार आउँदा इन्डेक्सले २ हजार बिन्दु पार गरेको छ ।

आइतबार इन्डेक्स २०२२.३५ बिन्दुमा रोकिएको छ । २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ र टे«डिङ समूह बाहेक सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ समूहको ०.६७ र ट्रेडिङ समूहको उपसूचक ०.२३ प्रतिशतले घटेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक ५.५५, विकास बैंक २.६५, वित्त १.८१, होटल १.६०, लगानी ३.१२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.९६, निर्जीबन बीमा १.०२, अन्य समूहको उपसूचक २.०७ प्रतिशतले बढेको छ । कारोबारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ कम्पनीको घटेको छ ।

११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु