सेयर बजारमा आइतबार १ बजेसम्म यस्तो उतारचढाव, १ बजेपछि सकारात्मक
काठमाडौं । नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार बैंक तथा बीमा कम्पनीहरुले सरकारविरुद्धको मुद्दा हारेपछिको लगानीकर्ताको विचलन नेप्से इन्डेक्समा देखिएको हो ।
बजार खुलेको ५ मिनेटमै सेयर बजार ४२.८२ अंकले घटेको थियो । बजार खुल्दा १९९४.६ अंकमा रहेको नेप्से परिसूचक ५ मिनेटभित्रमा १९५१.७४ अंकमा झरेको थियो ।
त्यसपछि उकालो लागेको बजार ११ बजेर ५७ मिनेटमा १० अंकले सकारात्मक बन्यो । नेप्से परिसूचक २००५.२१ अंकमा पुग्यो । एक घण्टाको अवधिमा नेप्सेमा ५३.४७ अंकको उतारचढाव देखियो ।
१२ बजेपछि पुन: घट्न थालेको बजार १२ बजेर ७ मिनेटमा १९८२.६२ अंकमा झरेको थियो । त्यसपछि केही बढेको बजार करिब ४५ मिनेट स्थिर बनेको छ । सवा १२ देखि १ बजेसम्म बजार स्थिर देखिएको हो ।
कारोबारको आधा समय बित्दा १ बजे भने बजारले सकारात्मक दिशा लिएको छ । १ बजेसम्ममा नेप्सेमा अढाइ अर्बभन्दा बढीको सेयर किनबेच भएको छ ।