बुटवल पावर कम्पनीले ५% लाभांश दिने, एफपीओ निष्काशन गर्ने



काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कम्पनीले विभिन्न आयोजनाहरुमा लगानीका लागि प्रति सेयर सय रुपैयाँका दरले एक करोड कित्ता सेयर थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन, लाभांश पाउन पुस १८ गतेसम्म सेयरधनी हुनुपर्ने छ । कम्पनीले प्रस्ताव गरेको लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु