हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थपियो



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासनको सेयरमा आवेदन दिने समय थपिएको छ ।
आजसम्म आवेदन दिन सकिने भएपनि माग अनुसार आवेदन नपरेपछि समय थपिएको हो ।

मंसिर २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आजसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल गरिएकोमा सर्वसाधारहरुबाट ३ कार्यदिनसम्म आवश्यक मात्रामा आवेदन प्राप्त नभएकोले छिटोमा बन्द हुने समयमा निष्कासन बन्द नभएको जनाएको छ ।

कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त भए पश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिन पश्चात कुनै पनि दिन बिक्री बन्द गरिने जनाएको छ । आईपीओमा आइतबार बिहान १० बजेसम्म २ करोड ३४ लाख ८३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेकोमा आइतबार बिहान १० बजेसम्ममा १२ लाख ८० हजार ५१८ जनाले ४ अर्ब ८३ करोड ७६ लाख ९९ हजार ८८० रुपैयाँबराबरको आवेदन दिएका हुन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा आइतबार साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा पुस ११ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिने छन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु