बीमा क्षेत्रको सुधारका लागि प्राधिकरण निर्मम बन्नुपर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा अर्थमन्त्री डा.महतले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताए ।

प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उनले बताए ।

प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने उनले बताए । बीमा कम्पनीहरुले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्नुपर्ने उनले बताए ।

बीमा कम्पनीहरुले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिनेबेलामा अनेकौं मझौला गराउँदा बीमा गराउनेहरु कम हुँदै गएको अर्थमन्त्री महतको भनाइ छ ।

बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणलाई निर्मम भएर काम गर्न उनले आग्रह गरे ।


क्लिकमान्डु