हिमालयन रि इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ६० लाख कित्ताका लागि पर्‍यो आवेदन




काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले आज (बुधबार)देखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको छ । साँझ ५ बजेसम्म ३ लाख ३७ हजार ९६४ जना आवेदकले १ अर्ब २४ करोड २३ लाख ४० हजार ६८० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदनकर्ताले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु