सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर स्वामित्व १९ प्रतिशत घटाउने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक सेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने भएको छ । ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा १९ प्रतिशत सेयर रुपान्तरण गर्ने भएको हो ।

गत वर्षको फागुनमा बसेको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक सेयर रुपान्तरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले सेयर स्वामित्व परिवर्तनको गृहकार्य सुरु गरेको थियो ।

कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयर ७० प्रतिशतबाट ५१ प्रतिशतमा कायम रहने र सर्वसाधारण सेयर ३० प्रतिशतबाट बढेर ४९ प्रतिशत कायम हुने उल्लेख गरेको छ ।

सेयर स्वामित्व परिवर्तन हुने भएपछि कम्पनीले संस्थापक सेयरधनीलाई सम्पर्कमा आउन आह्वान गरेको छ । सूचनामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न नचाहने लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्ने उल्लेख छ ।

परिवर्तन गर्न नचाहने सेयरधनीले नयाँ बानेश्वरमा रहेको कम्पनीको प्रधान कार्यलय  वा सानिमा क्यापिटल नक्सालमा निवेदन दिनुपर्नेछ । निवेदन नदिएका संस्थापक सेयरधनीको हकमा भने कम्पनीले सर्वसाधारण सेयरमा स्वामित्व परिवर्तन गर्नेछ ।


क्लिकमान्डु