कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी



एजेन्सी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य सहरमा बमबारी गरेको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्यांकले देखाएको छ ।

बदलामा इजरायलले हमासविरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको छ ।

इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले गाजा पट्टीमा सोमबार गरेको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको छ ।

एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी सहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकु इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।

हमासले आइतबार चेतावनी दिँदै भनेको छ, ‘इजरायलले आफ्ना कैदीलाई आदानप्रदान र वार्ताबिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।’

इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।

महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभाव परेको छ । अधिकांश अस्पताल सञ्चालनमा छैनन् भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।


क्लिकमान्डु