काठमाडौंबाट लुक्ला जाँदै गरेको विमानको आपतकालीन ढोकाको सिसा बीचमै खसेपछि…



फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो विमानको आपतकालीन ढोकाको सिसा खसेको छ । आइतबार बिहान ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको ताराको कार्गो विमानको आपतकालीन ढोकाको सिसा झरेको हो ।

उक्त कार्गो जहाजको आपतकालीन ढोकासो सिसा उडानको क्रममै खसेको पाइएको छ । जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन भने रनवेमा पनि सिसा नदेखिएपछि उक्त सिसा बीच बाटोमै खसेको हो ।

‘तारा एयरको कार्गो विमान लुक्ला गएको थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘लुक्लामा ल्याण्ड गरेर हेर्दा ककपिट इमर्जेन्सी एक्जिटको सिसाको झ्याल थिएन । रनवे पनि सिसा देखिएन ।’

जहाज सकुसल अवतरण भएको र अवस्था सामान्य रहेको उनले बताए ।


क्लिकमान्डु