रिलायबल लाइफ इन्स्योरेन्सले कति दिँदै छ बिमितलाई बोनस



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार पोलेसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँका दरले बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गर्दै पोलसीअनुसार फरक फरक दरमा बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले घोषणा गरेको बोनसदरमा सावधिक जीवन बीमामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनस तोकेको छ ।

यस्तै रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनामा सबै अवधिका लागि २५ रुपैयाँ, रिलायबल सुलभ जीवन बीमालेख र शुलभ बाल जीवन बीमा प्लस नामक बीमा पोलेसीमा ५ देखि ९ वर्षको लागि २४ रुपैयाँ,१० वर्षदेखि १४ वर्षसम्मका लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि ४० रुपैयाँ बोनस तोकेको हो ।

कम्पनीले रिलायबल उच्च शिक्षा योजनाको हकमा ५ देखि १४ वर्षका लागि ६० रुपैयाँ १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथिको अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावाधिक तथा आजीवन बीमामा भने कम्पनीले ५ देखि ९ वर्षका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ५० रुपैयाँ बोनस दिने घोषणा गरेको हो ।

कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा भने १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, दिने घोषणा गर्दा १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर दिने भएको छ ।


क्लिकमान्डु