एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छः अध्यक्ष यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यादवले एनसेलको सेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका हुन् ।

विगतमा पनि सरकारले एनसेललाई अर्बौं रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको भन्दै उनले यस प्रकरणमा छानविन गर्नुपर्ने बताए । देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको उनले बताए । आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको उनले बताए ।

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताए । यस्ता कामहरुमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा उनको थियो।


क्लिकमान्डु