त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति त्रिभुवन विमानस्थलमा उत्रिएका गोरखाका चन्द्र घलेलाई भन्सारले पक्राउ गरेको हो ।

घले पक्राउ परेपछि उनको कल डिटेलका आधारमा अर्का एक जना पनि बिहीबार राति पक्राउ परेका छन् । पक्राउ पर्ने अर्का व्यक्तिमा गोरखा नै घर भएका मिनबहादुर घले छन् ।

चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए । जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको भए पनि सुनको शुद्धता लगायत परीक्षण शुक्रबार हुने बताइएको छ ।

नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले भन्सार कार्याललाई आएको सूचनाका आधारमा भन्सार र प्रहरीले संयुक्त रुपमा निगरानी गर्दा सुन बरामद भएको जानकारी दिए ।


क्लिकमान्डु