बजार भाउ घट्ने अपेक्षा छ: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षाको तयारीमा रहेको र मूल्यवृद्धिमा सुधार हुने देखिएको बताएका हुन् ।

‘भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा छ’ उनले भने ।

अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार आउने बताए । ‘मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछ, अर्थसचिव बाहिर भएर समय लागेको हो,’ बैठकमा उनले भने ।


क्लिकमान्डु