मेट लाइफ इन्स्योरेन्सद्वारा प्रतिहजार बीमा पोलिसीमा ८० रुपैयाँसम्म बोनस दिने घोषणा



काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले बीमितलाई न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि बीमा पोलिसीको अवधिअनुसार छुट्टा छुट्टै बोनसदर कायम गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख र शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकेको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।


क्लिकमान्डु