श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव



काठमाडौं । श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव गरिएको छ ।

न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले लघुवित्त संस्थालाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागु गर्ने योजना सार्वजनिक गरेका हुन् ।

ठूलो संख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन हुनु र अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको उनले बताए ।

राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकले अलग्गै एक नियामक निकाय स्थापना गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।


क्लिकमान्डु