सिटिजन लाइफ इन्स्योरेन्सको पोलेसी बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म बोनसदर कायम



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोलेसी बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि पोलेसीदरमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्मको बोनस दिने निणर्य गरेको हो ।

आव २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमाङकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराएपछि सोमबार बोनसदर सार्वजनिक भएको हो ।

कम्पनीले अग्रिम भुक्तानी सवाधिक जीवन बीमालेख,बार्षिक अग्रिम भुक्तानी साबधिक बीमालेख,सिटिजन शुभारम्भ योजाना बीमा लेखा लगायतका ६ वटा बीमालेखमा भिन्दा भिन्दै बोनसदर कायम गरेको हो ।

जसमा अग्रीम भुत्तानी सावधिकर बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दर तोकेको छ ।

सार्वजनिक विवरणअनुसार अग्रीम भुक्तानी सावधिक बीमालेखमा १५ वर्ष देखि १९ वर्षसम्मको बीमालेख सबैभन्दा धेरै बिक्री भएको छ।

यस्तै बार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख भने कम्पनीले ९ वर्षसम्मका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ बोनस दर कायम गरेको भने २० देखि २४ वर्षका लागि २८ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सिटिजन शुभारम्भ योजना बीमालेखमा भने ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले ३० वर्ष वा सो भन्दा बढि समयको बमिालेखमा भने ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक जीवन वीमालेखमा भने कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । ३० वा सोभन्दा माथि अवधिका लागि भने कम्पनीले ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सटिजन बाल भबिष्य योजना सावधिक बीमालेखमा भने कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक तथा आजीवन बीमालेखको हकमा भने कम्पनीले ० देखि ९ वर्षलागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६२ रुपैयाँ बोनस तोकेको छ । ३० वा सोभन्दा माथि समय भएका बीमालेखको हकमा भने कम्पनीले ७७ रुपैयाँ बोनस तोकका छ ।

कम्पनीले जारी गरेको सम्पूर्ण जीवन बीमालेखमा उक्त आर्थिक वर्षको लागि प्रति वर्ष, प्रति हजार बीमाङ्क रकममा छुट्टा छुट्टै बोनस दर कायम गरेको हो ।


क्लिकमान्डु