मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्ट नेपालमा



काठमाडौं । मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटले नेपाल भ्रमण गरेका छन् ।

नोभेम्बर २९ मा एकदिने भ्रमणका क्रममा ओलिभरले कर्मचारी र अभिकर्ताहरुसँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा सहभागी भए । जसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने विज्ञप्तिमा उल्लेख छ ।

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष छन् । उनले मेटलाइफका कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा पनि काम गरे । यसअघि उनले एसियाका जापान र हङकङमा काम गरिसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन् ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।


क्लिकमान्डु