नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशको राय बाझियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा गर्ने वियषमा न्यायाधीशबीच कुरा बाझिएको छ ।

अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई धरौटीमा रिहा गर्ने विषयमा न्यायाधीशहरुबीच राय बाझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार आदेश जारी गरेको हो ।

खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्नेछ।

न्यायाधीश जनक पाण्डेले‍ खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए । न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका हुन् ।


क्लिकमान्डु