पूर्व उपप्रधानमन्त्री टोपबहादुरलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर



काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।

नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरिदिएको हो । आदेश सदर भएसँगै उनीहरु मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहनुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंले ‍गत असार १ गते रायमाझी, पूर्वमन्त्री बालकृणा खाणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनेर २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप उनीहरुमाथि छ ।


क्लिकमान्डु