जीवन बीमा कम्पनीहरुले कात्तिकमा गरे १ अर्ब ९० करोडको पोलिसी बिक्री



काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिकमा करिब २ अर्बको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा १४ जीबन बीमा कम्पनीले १ अर्ब ९० करोड ४० लाख रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

असोजको तुलनामा जीवन बीमा कम्पनीको व्यवसाय घटेको हो । असोजमा १४ जीवन बीमा कम्पनीले २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

गत वर्षको असोजमा जीवन बीमा कम्पनीहरुले २ अर्ब २७ करोड र कात्तिकमा २ अर्ब २ करोड प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४६ अर्ब १ करोड रुपैयाँ प्रमथ शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । कम्पनीले एक महिनामा ५२ करोड १ लाख रुपैयाँ आर्जन गर्दा नेसनल लाइफ ३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

शुल्क आर्जनमा तेस्रोमा एलआइसी नेपाल रहेको छ । यो कम्पनीले १७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले १० करोड ५२ लाख, एशियन लाइफले १० करोड २४ लाख, हिमालयन लाइफले ९ करोड ७५ लाख, सन नेपाल लाइफले ८ करोड ७२ लाख र सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार सिटिजन लाइफले ७ करोड ५ लाख, रिलायबलले ६ करोड २१ लाख, मेट लाइफले ७ करोड ८१ लाख, राष्ट्रिय जीवन बीमाले ५ करोड ८० लाख, आइएमई लाइफले ६ करोड ५७ लाख र प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

कात्तिक महिनामा धेरै बिदा भएकाले बीमा पोलिसी बिक्री प्रभावित भएको कम्पनीहरुले जनाएका हुन् । यो वर्ष कात्तिकमा दसैं र तिहार परेकाले करिब आधा महिना बिदा थियो ।


क्लिकमान्डु