राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्शबमोजिम सो दिन निर्वाचन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् ।

त्यस्तै बैठकले भूकम्पप्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।


क्लिकमान्डु