एप्पलका फोन बनाउने फक्सकनले भारतमा थप २ खर्ब लगानी गर्दै



एजेन्सी । तीव्र रुपमा भारतमा बढ्दै गएको अन्तर्राष्ट्रिय कम्पनी एप्पलको उपस्थितिमा थप नयाँ इट्टा थपिने भएको छ ।

भारतमा एप्पलका उत्पादनहरुको काम गर्ने ताइवानको कम्पनी फक्सकनले भारतमा १.६ बिलियन अमेरिकी डलर (२ खर्ब नेपाली रुपैयाँभन्दा बढी) लगानी गर्ने भएको छ ।

सोमबार उक्त कम्पनीले भारतमा थप २ खर्ब ७ खर्ब ८३ करोड रुपैयाँको लगानी गर्ने घोषणा गरेको हो । कम्पनीले भारतमा आफ्नो कामका लागि निर्र्माण कार्य गर्न यो लगानी गर्न लागेको हो ।

कमपनीका प्रतिनिधि वि लीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिँदै आफूहरुले भारतमा रोजगारी र लगानीलाई दुई गुणा बनाउने योजनामा काम गरिरहेको बताएका छन् ।

फक्सकोनले भारतको तमिलनाडुमा ४० हजार मानिसलाई रोजगारी दिएको विभिन्न रिपोर्टले देखाएका छन् । यो संख्यालाई बढाएर आगामी वर्ष फक्सकोनमार्फत नै ५३ हजार मानिसलाई रोजगारी दिने योजना रहेको छ ।

फक्सकोन भारत सरकारले सुरु गरेको ४१ हजार करोड भारतीय रुपैयााको उत्पादन केन्द्रित सहुलियत योजनाका भाग हुन । यसमा एप्पलका उपकरणहरुको उत्पादन गर्ने तीन कम्पनी फक्सकम, विस्ट्रन र पेगाट्रन रहेका छन् ।


क्लिकमान्डु