हिमालयन रि इन्स्योरेन्सको आईपीओविरुद्ध परेकाे रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालतले सोबार रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।

कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै गत शुक्रबार अधिवक्ता यमप्रसाद भट्टराई र भीमसेन रायमाझीले धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई विपक्षी बनाए दायर गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले अहिले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिरहेको छ ।


क्लिकमान्डु