नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।


क्लिकमान्डु