युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम नजुध्ने, प्रशासनले बल्खुमा प्रदर्शन गर्न दियो अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ लाई प्रदर्शनका लागि बल्खुमा कार्यक्रम गर्ने अनुमति प्राप्त भएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टोलीसँगको छलफलपछि कार्यक्रम बल्खुमा गर्न दिने निर्णय भएको जानकारी दिए ।
एमाले निकटको युवा संघ नेपाल र प्रसाईं नेतृत्वको अभियानले एकै स्थान माइतीघर मण्डलामा कार्यक्रम जुधाएपछि जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
त्यसपछि दुवै पक्षले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका समाचारहरु बाहिरिएका थिए ।
युवासंघले तीनकुनेमा कार्यक्रमको आयोजना गरेपछि प्रशासनले प्रसाईं पक्षलाई बल्खुमा कार्यक्रम गर्ने अनुमति दिएको हो ।