नेपाली र थाई नागरिकलाई घाइते अवस्थामा हमासले अस्पताल लगेको भिडिओ सार्वजनिक
काठमाडौं । इसराइली डिफेन्स फोर्स (आईडीएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडिओ सार्वजनिक गरेको छ ।
आईडीएफले ट्वीटरमा भिडिओ राख्दै ७ अक्टोबर २०२३ मा भएको सामूहिक हत्याकाण्ड भएको दिनको भिडियो सार्वजनिक गरेको छ ।
विहान १० बजेर ४२ मिनेट देखि ११ बजेसम्मको समयको भएको उल्लेख गरिएको छ । इजरायलबाट हमासले नियन्त्रणमा लिएका व्यक्तिहरुलाई उक्त अस्पतालमा राखिएको इजरायल डिफेन्स फोर्सले जनाएको छ । भिडियोमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य देखिन्छ ।
भिडिओमा एक जनालाई डोहोर्याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ ।
आईडीएफले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने खुलाएको छैन ।
गाजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सको समाचारमा जनाइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा थिए । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
उक्तदिन हमासले इजरायल र अन्य देशका गरि २४० जनालाई बन्धक बनाएर गाजापट्टी लगेको थियो । बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इजरायलले नेपाल सरकारलाई जानकारी गराएको छ ।
आईडीएफले विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको दूतावसाले विज्ञप्ति प्रकाशन गरेर पुष्टि गरेको छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023