विश्वकप क्रिकेट: भारतलाई ठूलो झट्का, तेस्रो विकेट पतन



काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटको फाइन प्रतिस्पर्धामा भारतलाई तेस्रो झट्का लागेको छ ।

टस हारेर अस्ट्रेलियाबाट व्याटिङको निम्ता पाएको भारतको तेस्रो विकेट गुमाएको हो । ओपनर शुभमन गिल चार रन बनाएर आउट भएका थिए । उनको विकेट मिचेल स्टार्कले लिएका थिए ।

गिलपछि रोहित शर्मा ३१ बलमा ४७ रन बनाएर क्याच आउट भए । उनीपछि क्रिजमा आएका श्रेयस ऐयर ३ बलमा ४ बल खेल्दै आउट भएका थिए ।

१०.४ ओभरको खेल समाप्त हुँदा भारतले ३ विकेटको क्षतिमा ८२ रन जोडेको छ ।


क्लिकमान्डु