भारतको मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा एकै दिनमा १ हजारभन्दा धेरै उडान, तोडियो आफ्नै रेकर्ड



एजेन्सी । भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिनमा भएका उडानहरुले नयाँ रेकर्ड बनाएको छ । दिपावलीको समयमा एकै दिनमा १ हजारभन्दा धेरै उडान भएका छन् ।

उक्त एयरपोर्टबाट ११ नोमेम्बरमा १ हजार ३२ वटा उडानहरु भएका छन् । यसअघि एकै दिनमा सबैभन्दा धेरै अवतरण र उडान भएको रेकर्ड पनि यहि एयरपोर्टको नाममा थियो । पाँच वर्षअघि २०१८ को डिसेम्बर ९ मा एकै दिन १ हजार ४ वटा उडानहरु भएका थिए ।

नयाँ रेडर्क बनाएसँगै एकै दिनमा यो एयरपोर्टबाट कुल १ लाख ६१ हजार ४४५ जना यात्रुहरुले आवतजावत गरेका छन् । यसमध्ये १ लाख ७ हजार ७६५ जना डोमेस्टिक र ५३ हजार ६८० अन्तराष्ट्रिय यात्रा गर्ने यात्रुहरु रहेका छन् ।

मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टको व्यवस्थापन गरिरहेको अडानी समूहका मालिक गौतम अडानीले नयाँ रेडर्क बनेकोमा सामाजिक सञ्जालमार्फत खुसीयाली पनि व्यक्त गरेका छन् ।


क्लिकमान्डु