रेमण्डका मालिकले बुवापछि श्रीमतीलाई पनि घरबाट निकाले



एजेन्सी । १ खर्ब ७६ अर्ब रुपैयाँका मालिक भारतीय अर्बपति रेमण्ड टेक्सटाइलका अध्यक्ष गौतम सिंघानियाले सोमबार सामाजिक सञ्जालमार्फत श्रीमती नवाज मोदीसँग अलग भएको घोषणा गरेका छन् ।

गौतम सिंघानियाले पत्नी नवाज मोदीसँग अलग भएको घोषणा गरेका हुन् । ५८ वर्षीय सिंघानियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू श्रीमती छुट्टाछुट्टै बाटोमा जाने निर्णय गरेको जानकारी गराएका छन् ।

सिंघानियाले ट्वीटरमा लेखेका छन्,’यो दीपावली पहिलेको जस्तो हुने छैन । मलाई विश्वास छ नवाज र म यहाँबाट फरक बाटो लिनेछौं ।’

रेमण्ड्सका ५८ वर्षीय मालिकले ३२ वर्ष अघि विहे गरेकी श्रीमती नवाज मोदीसँग अचानक ब्रेकअप गरेपछि श्रीमतीलाई घरको गेटमा लौरो टेकेर बस्न बाध्य पारेको एजेन्सीहरुले जनाएका छन् ।

यस अघि गौतम सिंघानियाले आफना ८५ वर्षीय बुवा पद्मभूषण विजयपत सिंघानियाबाट घर, व्यापार, पैसा र सबै थोक खोसेको आरोप छ । आज उनका बुबाको न घर छ न गाडी, एक एक पैसामा आश्रति छन् र भाडाको घरमा बस्छन् ।

गौतम सिंघानियाको बुबाको एउटै गल्ती थियो कि उनले आफ्नो १ खर्ब २० अर्ब भारतीय रुपैयाँको सम्पत्ति खुसीसाथ छोराको नाममा पास गरिदिएका थिए । बाबु विजयपतले उनका विरुद्ध अदालतमा मुद्दा हालेका छन् । विजयपत सिंघानियाले रेमण्ड ग्रुपको स्थापना गरेका थिए, जुन अहिले गार्मेन्ट क्षेत्रमा भारतमा मात्र नभएर विश्वमा नै प्रख्यात ब्रान्ड हो ।

गौतम सिंघानियाले सन् १९९९ मा नवाज मोदीसँग विवाह गरेका थिए । त्यतिबेला नवाज २९ वर्षकी थिइन् । विवाह अघि दुवैजना करिब ८ वर्ष प्रेम सम्बन्धमा थिए । वकिल नादर मोदीकी छोरी नवाजले पनि कानुन अध्ययन गरेकी छन् र जिम पनि चलाउँछिन् । सिंघानिया र नवाजका दुई छोरी छन् ।

मिडिया रिपोर्टहरुका अनुसार दिपावलीको अवसरमा दिइएको पार्टीलाई लिएर सिंघानिया र मोदीबीच विवाद भएको थियो । सिंघानियाले पुणेस्थित ठाणेको जेके ग्राम फार्म हाउसमा अवस्थित रेमण्ड स्टेटमा दिपावलीको पार्टी आयोजना गरेका थिए । पार्टीमा पत्नी नवाज मोदीलाई पनि बोलाइएको थियो । पार्टीमा सहभागी हुन सिंघानियाकी श्रीमती रेमण्ड स्टेट पुगेकी थिइन् । तर, उनलाई पार्टीमा सामेल हुनबाट रोकियो ।

नवाज मोदीले आफूलाई भित्र प्रवेश गर्न नदिएको घटनाको भिडियो पनि बनाएकी छिन् । जुन अहिले भाइरल भइरहेको छ ।

रेमण्ड लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक गौतम सिंघानियाको कुल सम्पत्त करिब १ खर्ब १० अर्ब भारतीय रुपैयाँ अर्थात् १ खर्ब ७६ अर्ब नेपाली रुपैयाँ रहेको बताइएको छ । रेसिङ कारको सौखिन सिंघानिया यस अघि पनि विवादमा आएका थिए ।

यसअघि गत महिनाको सुरुमा पनि गौतम सिंघानियाले श्रीमती नवाजलाई मुम्बईको बीच क्यान्डी क्षेत्रमा रहेको घरमा आक्रमण गरेको समाचार आएको थियो ।


क्लिकमान्डु