असोजमा ९ लाख १६ हजार पोलिसी बिक्री गरेर बीमा कम्पनीले उठाए २ अर्ब ३८ करोड



काडमाढौं । बीमा कम्पनीहरुले असोज महिनामा बीमितहरुबाट २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । भदौ महिनाको तुलनामा बीमा कम्पनीहरुले ३४ करोड ६३ लाख रुपैयाँले बढि बीमाशुल्क उठाएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज महिनामा मात्रै १४ वटा जीवन बीमा कम्पनीहरुले ९ लाख १६ हजार बीमालेख बिक्री गरेका हुन् । यो बाहेक कम्पनीहरुले नविकरण मार्फत ९ अर्ब २८ करोड ७५ लाख रुपैयाँ संकलन गर्दा कुल बीमा शुल्क भने ११ अर्ब ६७ करोड १७ लाख बराबर गरेका छन् ।

सबैभन्दा बढि बीमाशुल्क आर्जन गर्ने १४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ । नेपाल लाइफ इन्स्योरेन्सले असोज महिनामा मात्रै १९ हजार ७ सय ७४ वटा बीमालेख जारी गरी ५० करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क उठाएको हो । नविकरणमा भने नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ४३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । नेपाल लाइफले कुल २ अर्ब ९३ करोडको बीमाशुल्क एक महिनामा संकलन गरेको हो ।

सबैभन्दा धेरै बीमालेख जारी गरी शुल्क उठाउनेमा नेपाल लाइफ पछि दोस्रोमा नेपाल लाइफ कर्पोरेशन छ । यसले असोजमा १ अर्ब ४४ करोड ४३ लाख रुपैयाँको बीमाशुल्क उठाएको हो । जसमा कम्पनीले नविकरण तर्फ १ अर्ब २५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क तर्फ १८ करोड ६८ लाख रुपैयाँ आर्जन गरेका हो ।

प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको प्रथम त्रैमासमा बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरणबाट ३४ अर्ब ८ करोड र प्रथम बीमाशुल्कतर्फ ६ अर्ब ७१ करोड रुपैयाँ शुल्क आर्जन गरेका हुन् ।
जसमा बीमा कम्पनीहरुले प्रथम बीमा शुल्कबापत ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ संकलन गर्दा नविकरण तर्फ भने ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ संकलन गरेका हुन् ।

पहिलो त्रैमासमा पनि नेपाल लाइफले सबैभन्दा धेरै बीमा शुल्क उठाएको हो । नविकरण तर्फ ९ अर्ब ३५ करोड रुपैयाँ शुल्क उठाएको नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा तर्फ १ अर्ब ५९ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु