एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशालाई एनसेलको सम्मान



काठमाडौं । चौथो एसियाली पारा खेलकुदमा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के-४४, ५७ केजीमुनिको क्याटेगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशका लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् ।

यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु