नेपाल लाइफले गर्‍यो बिजनेस रिभ्यु मिट



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजेस रिभ्यु मिट गरेको छ । ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिका लागि सेल्स रणनीति तर्जुमा गरिएको हो ।

कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आन्तरिक तथा बाह्य प्रणालीलाई समयसापेक्ष बनाउन डिजिटाइजेसनको कार्य थालनी गरिसकेको जानकारी गराए । ‘यसले निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवा प्राप्त गर्न शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी-बसी सम्पूणर् सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने विश्वास छ,’ उनले भने ।

कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक अग्रवाल, प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।


क्लिकमान्डु